ट्रकको ठक्करबाट धादिङको नौबीसेमा भारतीय नागरिकको मृत्यु

Posted on: 08 Aug, 2019

साउन २३, काठमाडौं । काठमाडौंबाट चितवनतर्फ गइरहेको लु १ ख ४९६६ नम्बरको ट्रकले बुधबार राति ११ः३० बजे ठक्कर दिँदा अन्दाजी ४२ वर्षीय भारतीय नागरिक  सत्यनारायण दासको मृत्यु भएको छ  | धादिङको धुनीवेशी नगरपालिका–६,नौबीसेमा ट्रकको ठक्करबाट उनको ज्यान गएको हो | दास भारत पश्चिम चम्पारनका स्थायीबासिन्दा हुन् ।

जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार ट्रकको ठक्करबाट घाइते उनलाई उपचारका लागि नेसनल अस्पताल कलंकी पुर्‍याइएकोमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको थियों | प्रहरीले ठक्कर दिने ट्रक र त्यसका चालक सुनौली नगरपालिका–९ का ३५ वर्षीय यमबहादुर पाइजा मगरलाई नियन्त्रणमा लिएको छ । 

 प्रहरीका अनुसार उनलाई अहिले इलाका प्रहरी कार्यालय खानीखोलामा राखिएको छ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!