अमृता मृत्यु प्रकरण : पाकिस्तानी युवतीसँग प्रेममा थिए श्रीमान्

Posted on: 08 Aug, 2019

साउन २३, काठमाडौं । एक महिनाअघि झुण्डिएको अवस्थामा मृत भेटिएकी अमृता बोहोरा कुँवर सम्बन्धी घटनामा नयाँ तथ्य बाहिर आएको छ । उनका श्रीमान् राजन पाकिस्तानी युवतीसँग प्रेम सम्बन्धमा हुनसक्ने आधार अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको हो ।

यसअघि २० असारमा काठमाडौंको बूढानीलकण्ठमा बोहराको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।

घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी वृत्त, महाराजगञ्जका एक अधिकृत भन्छन्, ‘हामीले अनुसन्धानका सिलसिलामा बरामद गरेको कुँवरको मोबाइलले उनको पाकिस्तानी युवतीसँग निरन्तर सम्पर्क भइरहेको देखाउँछ ।’

यस बिषयमा तपाइको प्रतिक्रिया...!