सुनको मूल्य बढेर अहिले सम्मकै नयाँ रेकड कायम कति पुग्यो ? हेर्नुहोस

Posted on: 08 Aug, 2019

साउन २३, काठमाडौँ | सुनको भाउ आज पनि बढेको छ  | बिहिबार प्रतितोला छापावाल सुनको भाउ ७० हजार पुगेको छ भने तेजाबी सुन ६९ हजार सातसयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ | जुन अहिले  सम्मकै नयाँ  रेकड हो |

बुधबार एकै दिन प्रतितोलामा १५ सय रुपैयाँ बढेर  ६९ हजार ५ सय रुपैयाँ पुगेको  थियो | आज फेरी प्रतितोला ५  सय बढेर ७०  हजार कायम भएको छ | जुन अहिलेसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर आठ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ | हिजो ८ सय १० रुपैयामा कारोबार भइरहेको  चाँदीको भाउ आज तोलामा १५ रुपैया बढेको हो  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!