पोर्चुगलमा एक नेपाली बिरामीको विचल्ली

Posted on: 08 Aug, 2019

साउन २३, लिस्बन  । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली  गम्भीर  रोगका कारण थला परेका छन् । सात महीनादेखि पोर्चुगलमा काम गर्दै आएका सङ्खुवासभाको मकालु गाउँपालिकाका ३९ वर्षीय प्रेमबहादुर गुरुङ दुवै मिर्गौलाले काम गर्न छाडेपछि विचल्लीमा पर्नुभएको हो ।  

गुरुङले एक महीनादेखि डायलाइसिस गर्दै आउनुभएको हो । उहाँ उच्च रक्तचाप र मधुमेहबाट समेत ग्रसित हुनुहुन्छ । असार १९ गते सामान्य उपचारका लागि स्वास्थ्य केन्द्र पुग्नुभएका गुरुङले मिर्गौला पीडित भएको थाहा पाउनुभएको हो ।

रु ११ लाख खर्च गरी उहाँ पोल्याण्ड आउनुभएको थियो । आर्थिक अवस्था कमजोर भएका गुरुङको उपचारमा समस्या भएको छ । चिकित्सकले दुई महीनासम्म डाइलासिस गर्नुपर्ने र सुधार नभए मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएको गुरुङले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!