नक्कली नोट कारोबार गर्ने पक्राउ

Posted on: 09 Aug, 2019

साउन २४, कैलाली  | कैलालीमा नक्कली नोट र  त्यसको छपाइ मेसिनसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी र काठमाडौंबाट विभिन्न मितिमा पक्राउ परेका ७ नक्कली नोटका कारोबारीलाई  जिल्ला प्रहरी कार्यालय, कैलालीले  शुक्रबार बिहान सार्वजनिक गरेको हो ।

नक्कली नोट बनाउने कार्यमा संलग्नको आरोपमा पक्राउ परेकामा चुरे गाउँपालिका–१, कैलालीका २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र बर्दिवास नगरपालिका–६, महोत्तरीका २५ वर्षीय गोकुल खड्का रहेका छन् । त्यस्तै, भारत लख्मिपुरका श्रवणकुमार सिंह, गुरु जीत र खुराम दगौडालाई पनि प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

उनीहरुलाई फरक फरक मितिमा मितिमा धनगढी र काठमाडौंबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जक्नाएको छ  |

उनीहरुको साथबाट खोटा नोट छाप्ने मेसिन एक थान, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपर र नेपाल तथा भारतका नक्कली नोट प्रहरीले बरामद गरेको  छ । पछिल्लो समय कैलालीबाट नक्कली नोट पक्राउ पर्ने क्रम बढको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!