लुगा सुकाउने क्रममा इनारमा खसेर एक महिलाको मृत्यु

Posted on: 09 Aug, 2019

साउन २४, चितवन । चितवनको भरतपुरमा लुगा सुकाउने क्रममा एक महिलाको इनारमा खसेर मृत्यु भएको छ । भरतपुर महानगरपालिका-९ आदर्शचोकमा शुक्रबार बिहान इनारको ढकनीमा चढेर कपडा सुकाउँदै गरेकी इन्द्रकला भूसालको इनारमा खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नवलपुरको गैँडाकोट घर भइ माइतीमा आएकी ४० वषर्षीया इन्द्रकला भुसाल चढेको इनारको ढकनी एक्कासी भाँचिएर तल खसेकी थिइन् । इनारमा खसेकी भुसालको शव भरतपुर अस्पतालमा राखिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!