चितवनमा करेन्ट लागेर एक युवकको मृत्यु

Posted on: 09 Aug, 2019

साउन २४, चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–१ बस्ने वर्ष २९ का अनिश महतोको अन्नपूर्ण पोल्ट्री फार्ममा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको  छ | 

विहान करेन्ट लागेर घाइते भएका महतोलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!