स्कुटरको डिक्कीबाट २ लाख चोर्ने पक्राउ

Posted on: 09 Aug, 2019

साउन २४, काठमाडौं । ललितपुरस्थित सातदोबाटो चोकमा रोकिराखेको स्कुटरको डिक्कीबाट २ लाख रुपैयाँ नगद चोर्ने व्यक्तिलाई महानगरीय अपराध महाशाखाले नियन्त्रणमा लिएको छ ।

विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र भएका विभिन्न प्रकारका चोरी गर्ने कार्यमा व्यक्तिहरुलाई खोजीकार्य गर्ने क्रममा स्कुटरको डिक्कीबाट नगद चोर्ने मोहन मगर भन्ने मोहन खत्री पक्राउ परेको महाशाखाले  जानकारी दिएको छ | साउन २० गते राती ८ बजेको समयमा ललितपुर महानगरपालिका भैंसेपाटीका ३० वर्षीय शिवराम आलेमगरले रोकिराखेको स्कुटरको डिक्कीबाट खत्रीले नगद २ लाख चोरेका थिए ।

सोही उजुरीको आधारमा बाँके सितापुर नगरपालिका–३ घर भई हाल भैंसेपाटी बस्ने ३५ वर्षीय खत्रीलाई चोरी गरेको रकममध्ये ८९ हजार र २ वटा मोबाइलसहित पक्राउ प्रहरीले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!