जम्मु–कश्मीरका नेपालीः सुरक्षित तर चिन्तित

Posted on: 11 Aug, 2019

साउन २६, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारले गरेको जम्मु–कश्मीरको विशेषाधिकार खारेजलगायत निर्णयले भारत र पाकिस्तानबीचको सम्बन्ध तनावपूर्ण बन्दै गएका बेला त्यहाँ विभिन्न पेसा व्यावसाय गर्दै आएका नेपाली आफ्नो सुरक्षालाई लिएर चिन्तित छन् । 

सुरक्षित रहे पनि द्वन्द्व बढ्न सक्ने अनुमानले चिन्ता थपिएको उनीहरु बताउँछन् । ‘अहिलेसम्म त्यस्तो नराम्रो केही भएको छैन, तर केही हुने हो कि भन्ने विषयले चिन्ता बढेको छ,’ जम्मुमा बस्दै आएका नरेश घतानीले कान्तिपुरसँग भने । 

केन्द्र सरकारले गत सोमबार जम्मु–कश्मीरलाई विशेषाधिकार दिएका संविधानका धारा ३७० र ३५ (क) खारेज गरेपछि परिस्थिति अन्योलपूर्ण बनेको हो । सोमबारको निर्णयअघि नै जम्मु–कश्मीरका अधिकांश भागमा धराा १४४ मार्फत निषेधआज्ञा मात्र जारी नभइ मोबाइ, इन्टरनेट र केबल सेवासमेत बन्द गरिएको थियो । शन्बिारदेखि जम्मु–कश्मीरमा निषेधाज्ञा हटाइएको छ । 

यी क्षेत्रमा धागो, औषधी, भाँडा र खाद्य उद्योग छन् । त्यहाँ नेपाली मजदुरको बाक्लो उपस्थिती छ । आइतबारदेखि फेरी बन्द हुने हल्ला चलेकाले के हुने हो भन्न सकिने अवस्था नरहेको घतानीले बताए । यो समाचार कान्तिपुर दैनिकमा सुरेजराज न्यौपानले लेखेका छन् ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!