आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ बढ्यो हेर्नुहोस

Posted on: 11 Aug, 2019

 साउन २६ , काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११२ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५९ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा तोकेको छ । 

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ १२ पैसा र बिक्रीदर ३० रुपैयाँ २८ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ र बिक्रीदर २७ रुपैयाँ १४ पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर २९९ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०१ रुपैया २९ पैसा रहेको छ । 

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३७ पैसा तोकेको छ । आइतबार  कुवेती दिनार १ को खरिददर ३७१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७३ रुपैयाँ २९  पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!