सांसदलाई नै ट्याक्सीले ठगेपछि...

Posted on: 11 Aug, 2019

काठमाडौँ । आइतबारको प्रतिनिधि सभा बैठकको शुन्य समयमा नेकपाकी सांसद आशा कुमारी विकले ट्याक्सीमा ठगी हुने विषय उठान गरेकी छिन् । बैठकमा बोल्दै उनले बुटवलबाट काठमाडौँसम्म ५ सय रुपँैयामा बस चढेर आउन सकिने भएपनि कलंकीबाट बानेश्वर आउँदा ट्याक्सीले ६ सय रुपैयाँसम्म लिने गरेको गुनासो गरिन् ।

उनले ट्याक्सी ड्राइभरले आफूलाई मर्का परेको भन्दै ठगी गर्ने गरेको बताइन् । उनले भनिन्– ‘ट्याक्सी ड्राइभरले हामी मर्कामा छौँ, मिटरमा जान सकिदैनौँ भनेर गाँउबाट आएका नयाँ मान्छे र सिकिस्त बिरामी ठगिको शिकार बनाउने गरेका छन् ।

ट्याक्सी मर्कामा परेको छ भने छलफल गर्नुप¥यो, हैन भने ट्याक्सीको ठगी नियन्त्रण गर्नुप¥यो । यस्तो बाध्यताको अन्त्य कहिले हुन्छ ?’

यस बिषयमा तपाइको प्रतिक्रिया...!