श्रीमतीले गरिन चक्कुले हानेर आफ्नै श्रीमानको हत्या

Posted on: 11 Aug, 2019

साउन २६ , काठमाडौं । तरकारी काट्ने चक्कु प्रहार गरी २४ वर्षीय श्रीमान जालमान स्याङ्तानको हत्या गरेको अभियोगमा २५ वर्षकी शिला घलेलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ |

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ पुरानो शान्त भवन बस्दै आएका स्याङ्तानलाई सामान्य घरायसी विवादको क्रममा शिलाले तरकारी काट्ने चक्कुले छाती र ढाडमा प्रहार गरेको प्रहरीको भनाइ छ ।  चक्कु प्रहारबाट घाइते भएका जालमानलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

घटनालगत्तै महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलीले मकवानपुर गढी गाउँपालिका–८ स्थायी घर भएकी घलेलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!