काठमाडौँको न्युरोडमा प्रदेशसभा सांसदको पर्स चोरी भएपछि...

Posted on: 11 Aug, 2019

साउन २६, काठमाडौं । काठमाडौँको व्यस्त बजार न्यूरोडमा प्रदेश नं. ३ कि प्रदेश सांसद भावना सुवेदी लुटिएकी छन् । सडकमा हिँडिरहेका बेला अज्ञात व्यक्तिले पर्स तानेर भागेका छन् । उनले ती व्यक्तिको अनुहार समेत पहिचान गर्न नसकेको बताइन् । पर्स चोरेर कता गयो थाहानै नभएको उनले बताइन |

पर्समा ७ हजार रुपैयाँ र केही महत्वपूर्ण परिचय पत्र भएको जनाइएको छ । हालसम्म घटनाबारे प्रहरीलाई खबर नगरिएको उनले बताइन् । ‘कता गर्ने के गर्ने, सोधिखोजी गरिरहेका छौं’, उनले भनिन् ।

चितवन घर भएकी सुवेदी सत्तारुढ नेकपाको तर्फबाट समानुपातिक पद्धतिबाट सांसद बनेकी थिइन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!