नयाँ अर्थिक वर्ष : हरेक दिन कम्तिमा एक जना भ्रष्टाचारको आरोपमा पक्राउ पर्दै

Posted on: 12 Aug, 2019

 साउन २७, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालू आर्थिक वर्षको पहिलो महिना साउनको २५ दिनमा मात्र ३० जनाभन्दा बढीलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको छ ।

यही अवधिमा ४५ भन्दा बढीलाई भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ ।

यो संख्याले मुलुकमा कुनै पनि विन्दुमा भ्रष्टाचार नघटेको देखाएको हो ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले पछिल्लो समयमा भ्रष्टाचारको आरोपमा दैनिक जसो कर्मचारी र अन्य सम्बद्ध व्यक्ति पक्राउ परिरहेका जानकारी दिए ।

आफूले भ्रष्टाचार नगर्ने र अरुलाई पनि नदिने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइलाई पछिल्लो समय दैनिक जसो भ्रष्चारको आरोपमा पक्राउ परेका घटनाले अर्थहीन बनाएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा बालकृष्ण ज्ञवालीले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!