पोखरामा साढे दुई लाखसहित ४० जना जुवाडे पक्राउ

Posted on: 12 Aug, 2019

 साउन २७, पोखरा (रासस)  । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ ।

पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित रु एक लाख २१ हजार १४० र पोखरा–८ नागढुङ्गास्थित नीरज होटलबाट जुवातास खेली रहेको अवस्थामा सात जना र रु ६२ हजार ८३५ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी पोखरा ३२ भैmरीचोकस्थित रामराज पौडेलको गोठबाट ११ जना र नगद रु ३२ हजार ८१५ र पोखरा १६ दीपस्थित दुर्गा घलेको घरमा अवैध जुवातास खेलाई रहेको गोप्य सूचनाको आधारमा आठ जनासहित रु २५ हजार २०० र पोखरा १० रामबजार होटल पर्वतबाट ३६ हजार ३३० र छ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!