लाइसेन्सको ट्रायल परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

Posted on: 12 Aug, 2019

साउन २७, काठमाडौं । यातायात व्यवस्था कार्यालय ललितपुरले सञ्चालन गरेको सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) दिन आउने एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । काठमाडौं डल्लु बस्ने सुर्खेतका १८ वर्षीय बिनोद शाही रहेको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिका-१३ कुसुन्तीस्थित सुजुकी ट्रायल सेन्टरमा आइबार सञ्चालित ट्रायल परीक्षामा सुर्खेतका वषर्ीय दिनेश अधिकारीको नाममा ट्रायल दिने क्रममा शाहीलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!