वडा सदस्यका छोरा डेढ लाख घुस सहित पक्राउ

Posted on: 13 Aug, 2019

साउन २८, महोतरी  |  महोत्तरीको भंगहा नगरपालिकाका एकजना जनप्रतिनिधिका छोरालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित रङ्गेहात पक्राउ गरेको छ । भंगहा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य कारी साहका छोरा मुकेश साह डेढ लाख घुस रकमसहित पक्राउ परेका हुन् ।

सो वडाका वडा सदस्य कारी साहले आफ्नो छोरामार्फत डेढ लाख भन्दा बढी रकम उपभोक्ता समितिमार्फत कुम्ल्याउन खोजेपछी अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले रङ्गेहात उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारको टोलीले भंगहा नपा वडा नम्बर ८ मा भैरहेको पिसिसी सडक ढलानको लागि छुट्याइएको करिब २० लाख रुपैयाँमध्ये वडा सदस्य  साहका छोरा मुकेशले १ लाख ६० हजार रुपैया हिनामिना गरेको पाइएपछि सो रकमसहित उनलाई नियनत्रणमा लिइएको हो ।

उनलाइ जनकपुर वडा नम्बर ९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेट बाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।  सो रकम वडाध्यक्ष रफिक आलम र वडा सदस्य कारी साहले आन्तरिक सहमति गरी मुकेशलाइ लिन पठाएको रहस्य समेत खुलेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!