ससुराली गएर श्रीमती, सासु र सालोलाई खुकुरी प्रहार

Posted on: 13 Aug, 2019

साउन २८, अर्घाखाँची | अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका एक युवाले ससुराली गएर श्रीमती, सासु र सालोमाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। भूमिकास्थान नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय चिरन घर्तीले सोमबार राति सोही नगरपालिकाको वडा नम्वर ८ स्थित ससुराली घर गएर श्रीमतीसहित सासु र सालोमाथि खुकुरी प्रहार गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार खुकुरी प्रहारबाट श्रीमती १८ वर्षीया गीता घर्ती, सासु ४३ वर्षीया भूमकला क्षेत्री र सालो ११ वर्षीय अर्जुन क्षेत्री घाइते भएका छन्। घाइते सबैलाई जिल्ला अस्पताल सन्धिखर्क, लुम्बिनी अञ्चल अस्पताल हुँदै चितवन मेडिकल कलेज लगिएको छ । लुम्बिनी अस्पतालमा उपचार हुन नसकेपछि चितवन लगिएको हो |

प्रहरीका अनुसार सोमबार राति सवा आठ बजे कालो लुगा र नकावसमेत लगाएर घर्ती ससुराली घर पुगेका थिए। घरमा अन्य कोही नभएकाले घर्तीले लगालग खुकुरी प्रहार गरेको छ | घटना गराएपछि घर्ती फरार भएका छन्। उनले घटनापछि फेसबुकमा स्टाटस राख्दै सासुआमाका कारण आफ्नो घरबार बिग्रेको आरोप लगाएका छन् । ‘श्रीमान र श्रीमतीबीच झगडा भइरहने गरेको र श्रीमती केही दिनबाट माइत बस्दै आएको बुझिएको छ, | ‘झगडाको दोष सासुआमालाई लगाएर उनले त्यसैको रिसमा घटना गराएको प्रहरीको भनाई छ |

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। फरार घर्तीको खोजीका लागि चारैतर्फ प्रहरीले सतर्कता बढाएको छ | घाइतेमध्ये श्रीमती गीताको अवस्था चिन्ताजनक छ। आक्रमण रोक्न खोज्दा उनलाई बढी चोट लागेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!