ट्राफिक प्रहरीको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

Posted on: 14 Aug, 2019

साउन २९, काठमाडौँ   | महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट ड्युटीमा निस्केको प्रहरी भ्यानले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। महाशाखाबाट मंगलबार राति ११ बजे निस्केको बा १झ ७८६६ नम्बरको भ्यानले ठक्कर दिँदा परिचय नखुलेका एक पुरुषको मृत्यु भएको हो।

कोटेश्वर चोकनजिकै ठक्कर दिँदा घाइते भएका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा बुधबार बिहान ९ बजे मृत्यु भएको महानगरीय प्रहरी परिसरले जनाएको छ। गाडी र चालकलाई बानेश्वर वृत्तले नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसर प्रवक्ता डिएसपी होविन्द्र बोगटीले बताए । 

ती व्यक्तिबाट स्पष्ट परिचय खुल्ने कुनै पनि कागजात फेला नपरेको बोगटीले बताए । ‘आकाशे पुलमूनि कपडा र बोरा भेटिएका छन्, ती व्यक्ति त्यहीँ बसिरहेको हुनसक्ने अनुमान छ,’ बोगटीले भने।

यस बिषयमा तपाइको प्रतिक्रिया...!