सुनको भाउ घट्यो हेर्नुहोस

Posted on: 14 Aug, 2019

साउन २९, काठमाडौं । आज बुधबार सुनको भाउ घटेको छ  | मंगलबार मात्रै १ हजार बढेर प्रतितोला ७१  हजार कायम भएको थियो भने  हिजो कायम भएको मूल्यमा सात सय घटेर ७० हजार ३०० प्रति तोला आज  कायम रहेको हो | 

नेपाल सुनचाँदी व्यवसायी संघले बुधबार छापावाल सुनको प्रतितोला मूल्य ७० हजार ३ सय रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि ७० हजार कायम भएको छ | भने चाँदीको प्रतितोला मूल्यमा १५ रुपैया घटेर आज ८ सय २० रुपैयाँ कायम भएको छ ।

लगातार सुनको भाउ बढेपछि कारोबार ठप्प भएको ब्यबसायीहरु बताउछन | आज भने प्रतितोला सुनमा ७ सय र चाँदीमा १५ रुपैया घटेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!