आज मलेसिया, दुबई, कतार लगाएतका विदेशी मुद्राको भाउ कति छ ? हेर्नुहोस

Posted on: 15 Aug, 2019

 साउन ३०, काठमाण्डौ । आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ३४ पैसा तोकेको छ । त्यस्तै आज कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३१ रुपैयाँ २३ पैसा तोकेको छ । 

आज साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३० रुपैयाँ ४८ पैसा छ । भने यूएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ९७ पैसा र बिक्रीदर ३१ रुपैयाँ १३ पैसा पुगेको छ । मलेसियन रिगिंट १ को खरिददर २७ रुपैयाँ १६ पैसा र बिक्रीदर २७ रुपैयाँ ३० पैसा छ । यस्तै बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ७० पैसा र बिक्रीदर ३०३ रुपैया २९ पैसा रहेको छ । 

भने कोरियन वन आज १ सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा तोकेको छ । बिहिबार  कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ७५ पैसा रहेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!