भारतले वितरण गर्यो ३० एम्बुलेन्स र ६ बस

Posted on: 15 Aug, 2019

साउन ३०, काठमाडौं | नेपालस्थित भारतीय दूतावासले भारतको ७३ औं स्वतन्त्रता दिवस विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा दूतावासले ३० वटा एम्बुलेन्स र ६ वटा बस वितरण गरेको छ ।

दूतावासमा विहिवार आयोजित एक कार्यक्रमा राजदूत मन्जिम्भसिंह पुरीले विभिन्न अस्पताल, गैरनाफामूलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई सो बस र एम्बुलेन्स वितरण गरेको दूतावासले जनाएको छ । दिवसको अवसरमा राजदूत पुरीले भारतको राष्ट्रिय ध्वजा झण्डात्तोलन पनि गरे । 

वितरणपछि राजदूत पुरीले आफ्नो धारणा राख्दै यसप्रकारको परोपकारी सहयोग अदान प्रदानले नेपालको सामाजिक– साँस्कृतिक विकास तर्फको यात्रामा नेपालसँग साझेदारी गर्ने प्रतिबद्धतालाई प्रमाणित गरेको बताए ।भारत सरकारले नेपालका ७७ जिल्लाका विभिन्न अस्पताल, गैरनाफामुलक परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई हालसम्म ७५२ वटा एम्बुलेन्स र १४८ वटा बस उपहार स्वरुप प्रदान गरिसकेको दूतावासले जनाएको छ । दिवसको अवसरमा आयोजित समारोहमा राजदूतावासका कर्मचारीहरु तथा उनीहरुका परिवार लगायत नेपालमा रहेका भारतीय समुदाय सहभागिता  थियो |

यस बिषयमा तपाइको प्रतिक्रिया...!