पेट्रोल बम विस्फोट हुँदा मलेसियामा १ नेपाली घाइते

Posted on: 16 Aug, 2019

साउन ३१, काठमाडौं । मलेसियामा पेट्रोलबम विस्फोट हुँदा १ नेपाली घाइते भएका छन् । तनम डनौ कोताको आवासीय भवनमा शुक्रबार बिहान ४ः४१ बजे भएको विस्फोटमा एक नेपाली घाइते भएका हुन् ।

मलेसियाको स्ट्रेट्स टाइम्सले घाइते नेपाली उक्त आवासीय भवनमा सुरक्षा गार्डका रुपमा कार्यरत रहेको जनाए पनि परिचय खुलाएको छैन ।

समाचार अनुसार, उनको हात र शरीरको पछाडिको भाग करिब १० प्रतिशत जलेको छ । उनलाई त्यही पुगेर स्वास्थ्यकर्मीले उपचार गरेका छन् । विस्फोटबाट गार्ड पोस्टको एउटा भागमा क्षति पुगेको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन । 

क्वालालम्पुर फायर एन्ड रेस्क्यु अपरेशनका प्रवक्ताले बताए अनुसार घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!