कञ्चनपुरमा किशोरी बलात्कारको आरोपमा २ जना पक्राउ, ३ जना फरार

Posted on: 18 Aug, 2019

भदौ १, कञ्चनपुर । कञ्चनपुरमा एक किशोरी सामूहिक बलात्कारमा परेको आरोप परिवार र स्थानीयले लगाएका छन् ।  शुक्लाफाँटा नगरपालिका–९, नौखरीकी १७ वर्षीया किशोरी ५ जनाको समूहबाट शुक्रबार राति बलात्कृत भएको दाबी परिवार र स्थानीयले गरेका हुन् ।

इलाका प्रहरी कार्यालय, झलारीकाले बताए अनुसार शुक्लाफाँटा नगरपालिका–९ कि किशोरी बलात्कृत भएको उजुरीपछि २ जनालाई नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले बलात्कारमा संलग्नको अभियोगमा शुक्लाफाँटा नगरपालिका–९ सिर्सैयाका १९ वर्षीय धीरेन्द्र थापा र सोही ठाउँकै भूपेश ऐरलाई स्थानीयको सहयोगमा  पक्रेको हो । अभियोग लागेका अन्य ३ जना भने फरार छन् । उनीहरूको खोजी जारी राखेर घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ |

इलाका प्रहरी कार्यालयले घटनाबारे अनुसन्धान भइरहेको बताइरहँदा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुर भने अनभिज्ञ छ । उसले अहिलेसम्म किशोरी बलात्कृत भएको जानकारी नआएको बताएको छ ।

कञ्चनपुर यसअघि निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनाको १ वर्षसम्म दोषी पत्ता नलाग्दा प्रहरी प्रशासनको कडा आलोचना हुँदै आएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!