भदौ १, काठमाडौँ | आज सुनको मूल्य घटेको छ | शुक्रबार छापावाल सुनको भाउ प्रतितोला ७१ हजार ५ सय पुगेको थियो भने तेजाबी सुन प्रतितोला ७१ हजार २ सयमा कारोबार भएको थियो | आज प्रतितोला ५ सय घटेर छापावाल सुनको मूल्य ७१ हजार काय रहेको छ | त्यस्तै तेजाबी सुन पनि प्रतितोला आज ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ |
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ | आज प्रतितोला ८३० मा कारोबार भइरहेको छ | शुक्रबार सबै भन्दा महँगो ८ सय ४० मा कारोबार भएको थियो भने आज तोलामा १० रुपैयाँ घटेको छ |
यस बिषयमा तपाइको प्रतिक्रिया...!