पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड जारी

Posted on: 18 Feb, 2016
फागुन ६, रामेछाप, प्रज्वल पौडेल । बुधबारबाट सूरु भएको पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सदरमुकाम मन्थलीमा जारी रहेको छ । आज भएको पूरुष भलिबल प्रतियोगीताबाट अरुणोदय मावि सैपू र काकलिङ उमावि दोरम्बा फाइनलमा प्रवेश गरेको जिल्ला खेलकुद विकास समिति रामेछाप का अध्यक्ष पूरुषोतम कडेरियाले बताउनुभयो । आज विहान तामाकोशी जनजागृती उमावि खिम्ती र सुर्के देउराली उमावि विच भएको खेलमा खिम्ती विजयी हुदै सेमिफाइनल प्रवेश गरेको थियो । यस्तै सेमिफाइनल अन्तर्गत अरुणोदय मावि सैपू र विष्णु जनज्योति माकादुम विच भएको पहिलो खेलमा सैपू विजयी भएको छ भने तामाकोशी जनजागृत उमावि खिम्ती र काकलिङ उमावि दोरम्बा वीच भएको दोस्रो खेलमा दोरम्बा विजयी भएको छ । यो सँगै तामाकोशी जनजागृत उमावि खिम्ती र विष्णु जनज्योति मावि माकादुमले तृतीय स्थान हासिल गरेका छन् । फाइनल खेल भोली विहान संचालन हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कडेरियाले जानकारी दिनुभयो । प्रतियोगीतामा एथ्लेटिक्स ,भलिवल, कपर्दी, मार्सल आर्ट लगाएका खेलहरु भइहेको उहाँको भनाई छ । rastpati   हिजो भएको महिला भलिबलमा गोकुलगंगा उच्च माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक विद्यालय फूलासी द्धितिय र अरुणोदय मावि सैैपु तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद समिति रामेछाप सदस्य कल्पना खड्काले बताइन् । प्रतियोगिताको भलिवल तर्फ छात्र ८ टिम र छात्रा ७ टिमको सहभागीता थियो । यता पूरुष कपर्दी तर्फ गौरी शंकर उमावि रामेछाप प्रथम, श्री कृष्ण उमावि खाँडादेवी टीमू द्धितीय र अरुणोदय मावि सैपु तृतीय भएका छन् । जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सुरु भएको सो प्रतियोगितामा क्षेत्रीयस्तरका खेलबाट विजयी विद्यालयका विद्यार्थीहरुले भाग लिएका हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!