एयरपोर्टका पुर्वयुवराज पारसद्वारा प्रहरी अधिकारी माथि हातपात (भिडियोमा हेर्नुहोस्)

Posted on: 18 Aug, 2019

भदौ १, काठमाडौं । पूर्व युवराज पारश शाहले विमानस्थलमा एक प्रहरी अधिकारीमाथि हातपात गरेका छन् । उनले आफ्ना छोरा ह्रदयन्द्र शाह र प्रेरणाका छोरा माथि प्रहरीले अपमान गरेको भन्दै प्रहरी अधिकारीमाथी आक्रोश व्यक्त गरेका छन्  । 

आमा कोमल शाहलाई बिदाई गर्न बिमानस्थल पुगेका पारसले आफ्ना छोरा र भान्जामाथि प्रहरीले अपमान गरेको देखे पछि बिमानस्थलमा सुरक्षार्थ खटिएका प्रहरी नायव निरिक्षकलाई छातीमा समातेर धकेलीदिएका हुन् । 

पुर्व राजा ज्ञानेन्द्र शाह दूइ साता अघि मात्रै थाइल्याण्ड गएका थिए भने हिमानी शाह पनि थाइल्याण्ड मै रहेकी छिन् । 

राज परिवारका सदस्यको बिमानस्थलमा उपस्थिती हुँदा समर्थकहरुले 'राजा आउ देश बचाउ' भन्दै नाराबाजी गरीरहेका थिए ।

भिडियोमा हेनुहोस्

यस बिषयमा तपाइको प्रतिक्रिया...!