१२ वटा दूर्लभ जनावर सुन गोही सहित एकजना पक्राउ

Posted on: 19 Aug, 2019

भदौं २ , काठमाडौं । १२ वटा दूर्लभ जनावर सुन गोहोरो सहित मोरङमा एकजना पक्राउ परेको छन् | प्रचौ सिक्टीबाट खटिएको प्रहरी टोलीले सुनवर्षी नगरपालिका-८ हर्चगढीबाट पथरी शनिश्चरे नगरपालिका-६ का ५९ वर्षीय जसबहादुर धिमाललाई शनिबार साँझ पक्राउ गरेको हो ।

साइकलमा सिक्टीबाट डायनियातर्फ आउँदै गरेका जसबहादुरबाट चेकजाँचका क्रममा १२ वटा जिवित सुन गोहोरा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

उनले प्लाष्टिकको बोहोरामा राखेर सुन गोहोरो डायनिया तर्फ लैजाँदै थिए । पक्राउ परेका जसबहादुरलाई प्रहरीले कारबाहीका लागि डिभिजन वन कार्यालय मोरङ पठाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!