बालाजु औद्योगिक क्षेत्रमा आगलागी

Posted on: 22 Aug, 2019

भदौ ५ , काठमाडौं । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा आगलागी भएको छ । बिग्रेको एम्बुलेन्स मर्मत गर्ने क्रममा ग्याँस लिक भएर आगलागी भएको हो । महानगरीय प्रहरी बृत्त बालाजुका अनुसार आगलागीबाट एम्बुलेन्ससहित ५ वटा गाडी जलेका छन् । अहिले आगलागी पूर्णरुपमा नियन्त्रणमा आइसकेको छ ।

विहान करिब ११ बजेर ४० मिनेटदेखि सुरु भएको आगलागी मध्यान्ह १२ बजेर २५ मिनेटमा दमकलको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

 काठमाडौं महानगरपालिकाका २ वटा र नेपाली सैनिकको एउटा दमकलको सहयोगमा आगो निभाइएको बालाजु प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!