बैतडीमा विप्लब कार्यकर्ता कारागार चलान

Posted on: 23 Aug, 2019

भदौ ६, बैतडी  । नेत्रविक्रम चन्द समूहका एक कार्यकर्ता कारागार चलान भएका छन् । पुर्चौडी नगरपालिका–३ सल्लेवनका ४६ वर्षीय नैनसिंह धामी रु २५ हजार धरौटी तिर्न नसकेर कारागार चलान भएका हुुन् । बिहीबार जिल्ला अदालतले धामीलाई उक्त रकम धरौटी बुझाउन फैसला गरेको थियो । 

गत साउन १९ गते घरबाटै पक्राउ परेका धामीलाई राज्यविरुद्धको कसुरमा मुद्दा चलाइएको थियो । धामी सो समूहका गाउँ कमिटी सदस्य रहेका थिए । उनले यसअघि साउन १५ गते राति पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडका साथै तालाबन्दी तथा चन्दा असुलीमा समेत संलग्न रहेको आरोप लागेको थियो ।  

त्यस्तैै गत असार २३ गते पनि प्रहरीले पाटन नगरपालिका– १० हतास घर भई उक्त समूहको विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य श्यामप्रसाद भट्टविरुद्ध पनि सार्वजनिक हितविपरीतको मुद्दा चलाइएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!