करेन्ट लागेर एक युवकको मृत्यु

Posted on: 23 Aug, 2019

भदौ ६, लहान  ।करेन्ट लागेर सिरहाको बरियारपट्टि गाउँपालिका–४ सोहपुरमा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय श्यामलाल यादव रहेका प्रहरीले जनाएको छ ।

धान खेतमा पानी हाल्नका लागि मोटर चलाउने क्रममा करेन्ट लागेर यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शवपरीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा ल्याइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!