उपचारका क्रममा सुत्केरीको मृत्यु

Posted on: 24 Aug, 2019

 भदौ ७, बाजुरा । सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालमा सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्ली निवासी कृष्ण नेपालीकी २१ वर्षीया श्रीमती वसन्तीको उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला अस्पतालको प्रसूति केन्द्रमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका बेला उहाँको एक्कासि मृत्यु भएको आफन्त प्रेम नेपालीले बताउनुभयो । शुक्रबार साँझ सुत्केरी व्यथाले च्यापेपछि उहाँलाई आफन्तले अस्पताल ल्याएका थिए । 

अस्पताल पुगेलगत्तै सुत्केरी व्यथा लागेकी वसन्तीको डाक्टरले प्रसूति कक्षमा लगेर उपचार गरिरहेका थिए । आज बिहान उहाँले दोस्रो सन्तानका रुपमा छोरालाई मृत अवस्था जन्म दिनुभएको थियो । सुत्केरी महिलाको शरीरबाट अत्यधिक मात्रामा रगत बगिसकेको उपचारमा संलग्न डाक्टर दुर्गाराज महर्जनले बताउनुभयो । 

गत साउन २६ गते अस्पतालमा डाक्टरले सुत्केरीको अवस्थाबारे बुझेपछि उहाँलाई भदौ २ गते सुत्केरी गराउनका लागि ल्याउनुपर्ने सल्लाह दिए पनि आफन्तले उहाँलाई यही भदौ ६ गतेमात्र अस्पताल पु¥याएका थिए । आफन्तले भने डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!