सवारी दुर्घटनमा परि एक जनाको मृत्यु ।

Posted on: 20 Feb, 2016

फाल्गुण ८ , रामेछाप ।

काभ्रेमा भएको सवारी दुर्घटनामा परि आज एक जनाको ज्यान गएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट काठमाण्डौ गएको मोटरसाइकललाइ काठमाण्डौबाट भकुण्डेबेशीतर्फ आइरहेको माइक्रोबसले ठक्कर दिदाँ मोटरसाइकलमा सवार रामेछाप जिल्ला भुजि गाविसका ३६ बर्षिय नवराज सूनुवारको ज्यान गएको हो ।

गम्भीर घाइते भएका सूनुवारको धुलिखेल अस्पतालमा लैजादा बाटोमा नै ज्यान गएको बताइएको छ । उनी भुजि गाविस ठिन्केपू निमाविका शिक्षक समेत रहेका छन् । मोटर साइकलमा सवार अर्का मन्थली नगरपालीका राजन सूवेदी समेत घाइते भएका छन् उनको उपचार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!