एकै दिन हजार रुपैयाँ बढ्यो सुनको मूल्य, किन बढिरहेको छ ?

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौँ | आज सोमबार सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ | आइतबार ७२ हजार ५ सय कायम भएको सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेको हो | आज प्रतितोला छापावाल सुनको भाउ  ७३ हजार ५ सय पुगेको छ । यो नेपाली बजारमा कायम भएको अहिलेसम्मकै उच्च मूल्य हो । 

आइतबारको नयाँ किर्तिमान भंग गर्दे सुनको मूल्यले सोमबार नयाँ किर्तिमान बनाएको हो । त्यस्तै आज तेजाबी सुनको मूल्य ७३ हजार २ सय कायम रहेको नेपाल सुन चाँदी ब्यबसायी महासंघले जनाएको छ | 

सुनसँगै आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रति तोला ८ सय ५० मा कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले बढेर ८ सय ६० पुगेको हो ।

किन बढिरहेको छ सुनको मूल्य

अन्तर्राष्ट्रिय बजार सुनको मूल्य लगातार बढेका कारण नेपाली बजारमा पनि त्यसको असर देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य बृद्धि हेर्दा सुनको मूल्य अझै बढने देखिन्छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १५ सय ३० को आसपास छ । यो बढ्ने क्रम जारी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!