रवि लामिछाने सहित तीनै जनाको वयान सकियो, थुनछेक बहस सुरु

Posted on: 26 Aug, 2019

भदौ ९, चितवन । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभजन कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेलसहित तीनै जनाको वयान सकिएपछि थुनछेक बहस सुरु भएको छ ।

जिल्ला अदालत चितवनका श्रेस्तेदार रुद्रमणि गिरीले अहिले न्यायाधीश हेमन्त रावलको इजलासमा थुनछेक बहस भइरहेको जानकारी दिए । 

थुनछेक वहस सकिएपछि अदालते थुनामा राख्ने, धरौटी माग गर्ने वा साधरण तारेखमा छोड्ने भन्ने फैसला गर्छ। 

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरको अभियोगमा लामिछाने, युवराज कँडेल र अस्मीता भन्ने रुकु कार्कीमाथि जिल्ला सरकारी वकिल कार्यालयले ५ वर्ष कैद र ५० हजार जरिवाना मागदावी गर्दै आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!