बर्दियामा भरुवा बन्दुकसहित एक पक्राउ

Posted on: 26 Aug, 2019

भदौ ९, बर्दिया | बर्दिया जिल्लामा प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । 

आइतबार बिहान ११ बजे इलाका प्रहरी कार्यालय मोतिपुर बर्दिया र अस्थायी प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरी टोलीले बाँसगढी नगरपालिका–९ माछागढ बस्ने ३२ वर्षीय धनबहादुर रानामगरलाई उनकै घरबाट एक नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

पक्राउ परेका रानामगरमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लक्ष्मण वलीले जानकारी दिनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!