७० वर्ष माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौं । नागरिक उड्डयन तथा पर्यटनमन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री भट्टराईले यो घोषणा गरेका हुन् ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र सम्माननीय उपाधी प्राप्तलाई मात्र सवारी साधनसहित प्रवेश दिइने बताए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखले सम्माननीय भनेर सम्बोधन गरिन्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!