पक्राउ परेका पत्रकार हमाललाई ३ दिनभित्र सर्वोच्च उपस्थित गराउन आदेश

Posted on: 26 Aug, 2019

भदौ ९, काठमाडौं । पोखरामा पक्राउ परेका पत्रकार ओमबहादुर हमाललाई तीन दिनभित्र अदालतमा पेश गर्न सर्वोच्च अदालतले  आदेश दिएको छ । सोमबार न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले हमाललाई तीन दिनभित्र अदालत उपस्थित गराउन आदेश दिँदै पक्राउ गर्नुको कारण पनि सोधेको छ ।

केही दिनअघि पत्रकार हमाल विप्लव माओवादीका कास्की जिल्ला इन्चार्ज कृष्ण वाग्लेसहित पोखरामा पक्राउ परेका थिए । प्रहरीले पत्रकार हमाल पनि विप्लव माओवादीको कार्यकर्ता भएको दावी गरेको छ ।

पत्रकार हमाललाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै पत्रकार जन्मदेव जैसीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रीट दायर गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!