वडा कार्यालयमा अख्तियारको छापा, कागजात जफत

Posted on: 26 Aug, 2019




अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुश्मा नगरपालिका ७ को वडा कार्यालयमा छापा मारेको छ । वडा अध्यक्ष सुवासचन्द्र पौडेलले दश लाख हिनाबिना गरेको बाहिरिएसँगै अख्तियारले छापा मारेको हो । अख्तियारले वडा कार्यलयका सम्पूर्ण कागजातपत्र जफत गरेको छ ।

वडा अध्यक्ष शर्माले गत आवको १२ लाखको हिसाबकिताब लुकाएपछि वडासदस्यहरुले हिसाब देखाउन दबाब दिएका थिए । वडा अध्यक्षले हिसाब देखाउन नसकेको वडा सदस्य परशुराम पुरीले बताए ।

वडा अध्यक्ष सुवासचन्द्र पौडेलले १२ लाख नभई आठ लाख भएको स्वीकार गरेका छन् । तर त्यसको हिसाबकिताब आफूसँग नभइ सचिवसँग हुने भन्दै पन्छिएका छन् ।

अख्तियारले तत्काल बील भरपाई पेश गर्न वडा कार्यालयलाई भनेको छ । वडा सचिवको यहि बेलामा सरुवा भएको छ ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!