रवि लामिछाने राजनीतिमा आउने संकेत

Posted on: 27 Aug, 2019

भदौ १०, चितवन । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले राजनीतिमा आउने संकेत गरेका छन् । आफ्नो प्राथमिकता पत्रकारीता नै भएको बताउँदै उनले राजनीतिको विकल्प पनि खुला रहेको बताएका हुन् । 

मंगलबार बिहान चितवनको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा पत्रकार लामिछानेले राजनीतिमा आउने सम्भावनाबारे सोधिएका प्रश्नको उत्तर दिँदै आफु राजनीतिमा आउने सम्भावनाको ढोकामा ताल्चा नलागेको बताए । दुवै सञ्चारकर्मीले आफ्नो समर्थकहरुलाई धन्यवाद दिए । लामिछानेले आफूले गर्ने कार्यक्रम राजनीतिक नभई सर्वसाधारण जनताका पीडा-मर्मका विषयमा भएको भन्दै राजनीतिसँग जोडेर नहेर्न आग्रह समेत गरे ।


पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा १० दिन हिरासतमा बसेका रवि सोमबार मात्रै ५ लाख धरौटीमा रिहा भएका हुन् । हिरासतको बसाइ नयाँ अनुभव भएको उनले बताए । हिरासतमा रहेका अन्य व्यक्तिहरुसँगको भेटमा उनीहरुलाई कसरी फसाइँदो रहेछ भनेर आफूले बुझ्न पाएको लामिछानेले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!