बैतडीमा गौरा पर्व हेरेर घर फर्कने क्रममा भिरबाट लडेर एक युवकको मृत्यु

Posted on: 27 Aug, 2019

कृष्ण बिष्ट | भाद्र १०, बैतडी | गौरा पर्व हेरेर घर फर्कीने क्रममा बैतडीमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । जिल्लाको दोगडाकेदार गाउपालिका वडा नं ६ सित्तडका २६ वर्षीय दामोदर जोसीको शिद्धनाथ मन्दिरमा लागेको मेला हेरेर घर फर्कीने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । 

मेला हेरेर घर फर्किने क्रममा सोमबार साँझ ६:३० बजे सिद्धनाथ मन्दिर नजिककैको भिरबाट लडेर करीब ५ सय मिटर तल खसेका जोशी गम्भीर घाइते भएका थिए ।

जोशीको उपचारका क्रममा अस्पताल लैजादै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिनुभयो ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!