जबरजस्तीकरणी गरेको आरोपमा काठमाडौँबाट एक युवक पक्राउ

Posted on: 27 Aug, 2019

जेठ १०, काठमाडौं । जबरजस्तीकरणी मुद्दाका फरार अभियुक्तलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं-१८ का सुमन खड्का छन् । उनलाई क्षेत्रपाटीबाट पक्राउ गरेर फैसला कार्यान्वनका लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिएको हो ।

ब्युरोका अनुसार, खड्कालाई उच्च अदालत, पाटनले २०७१ सालमा ४ वर्ष ५ महिना १ दिन कैद सजाय सुनाएको थियो । त्यसअघि जिल्ला अदालत, काठमाडैंले सुरुमा सफाइ दिएको थियो । तर, उच्च अदालतले जिल्लाको फैसलालाई उल्ट्याएको थियो ।

प्रहरीका अनुसार, खड्काले विवाह गर्ने प्रलोभनमा आर्थिक अवस्था कमजोर भएको १५ वर्षीया बालिकालाई पटकपटक जबरजस्तीकरणी गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!