पाचौँ राष्ट्रपति रनिङशिल्ड मन्थली उमाविको हातमा (तस्विर सहित )

Posted on: 20 Feb, 2016

फागुन ८, प्रज्वल पौडेल, रामेछाप ।

रामेछापमा जारी पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा शुक्रबार सम्पन्न भएको छ । प्रतियोगितामा संचालन भएका खेलको अंकको आधारमा सबैभन्दा बढि अंक ल्याउदै सदरमुकाम मन्थलीको मन्थली उच्च माध्यामिक विद्यालय विजयी भएको छ ।

rastapati final 11

rastapati final 12e

जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा भएको सो प्रतियोगितामा मन्थली उमावि मन्थलीले कुल २ सय १५ अंक प्राप्त गरी प्रथम हुदै यस बर्ष पनि शिल्ड पाउन सफल भएको हो ।

rastapati final 10

प्रतियोगितामा गौरी शंकर उच्च माध्यामिक विद्यालय रामेछापले १ सय ६८ अंक प्राप्त गरी दित्तिय भएको छ भने १ सय ५९ अंक प्राप्त गरी गोकुलगंगा उमावि रस्नालु तृतिय भएको छ । राष्ट्रिय खेलकुद परिषद सदस्य देवकुमार अधिकारीको प्रमुख आतिथ्यता एवम् जिल्ला खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

rastapati final 7

कार्यक्रममा विजयी विद्यालय तथा विद्यार्थीहरुलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

rastapati final 2

rastapati final 5

पुरस्कार वितरण............

rastapati final 8

rastapati final 3

यस्तै प्रतियोगिताको पूरुष भलिबलमा काकलिङ उमावि दोरम्बा प्रथम , अरुणोदय मावि सैपू द्धितिय भएको छ ।

rastapati final 13 e

तामाकोशी जनजागृत उमावि खिम्ती र विष्णु जनज्योति मावि माकादुमले तृतीय स्थान हासिल गरेका छन् ।

rastapati final 6 यस्तै महिला भलिबलमा गोकुलगंगा उच्च माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक विद्यालय फूलासी द्धितिय र अरुणोदय मावि सैपु तृतीय भएको छ । प्रतियोगीतामा एथ्लेटिक्स, भलिवल, कपर्दी, मार्सल आर्ट लगाएका खेल सञ्चालन भएका थिए ।

rastapati final 14e

rastapati final 16e

यस बिषयमा तपाइको प्रतिक्रिया...!