मातृत्वसँग खेलबाड, शिशुको अवैध खरिद बिक्री

Posted on: 28 Aug, 2019

भदौ ११, काठमाडौं। विवाह भएको १५ वर्षसम्म पनि सन्तान भएन । सन्तान भइहाल्छ कि भनेर अनेकन अस्पताल धाए, अनेकन मन्दिर भागे । यो दौडभूप र छटपटीले नुवाकोटका एक दम्पती गलिसकेका थिए । अचानक एक दिन उनीहरुले सुने, बालबालिका खोजतलास केन्द्रमा बेवारिसे बच्चाहरु आउँछन् र तिनलाई प्रक्रिया पु¥याएर लैजान पाइन्छ । 

गत वर्ष उनीहरु केन्द्रमा पुगे र आफूहरुलाई धर्मसन्तान चाहिएको बताए । केन्द्रले उनीहरुलाई नक्सालस्थित बालमन्दिर पठाइदियो । बाल मन्दिरका निर्देशक बालकृष्ण डंगोलले पहिलो भेटमै शिशु मिलाई दिने बताएपछि ती दम्पती खुशीले भावविभोर भए । 

विभिन्न झमेला व्यहोर्नु प¥यो । बालमन्दिरका कारण यस्ता धेरै झमेला व्यहोर्नु परेको हो । सहाराविहीन बालबालिका संरक्षणको जिम्मा पाएको बालमन्दिरकै उच्चपदस्थ अधिकारीले निःसन्तान दम्पत्रीलाई साढे पाँच लाख रुपैयाँमा अर्कैको शिशु बेचिदिए । 

कानुनी उल्झनमा फस्ने अवस्था आएपछि दम्पतीको भावनामा खेलाँची गर्दै जबर्जस्ती फिर्ता लिए । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!