आयोजनाको होडिङ् बोर्ड माथि गाँउपालिका कर्मचारीको ब्यापार

Posted on: 28 Aug, 2019

दान बहादुर बुढा | भाद्र ११, जुम्ला | जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिको आव ०७५।०७६ को बार्षिक कार्यक्रम अन्तरगतका बिकास निमार्णका आयोजनामा राखीने   होडिङ बोर्ड  मार्थि गाँउ पालिकाका कर्मचारीले ब्यापार गरेको खुलासा भएको छ ।

आव ०७५।०७६को बिकास निमार्णमा लागि रहेका कनका सुन्दरी गाँउ पालिका भित्र रहेका १ सय ४० भन्दा बढी आयोजना होडिङ् बोर्ड कर्मचारीहरुले आफै बनाएर ल्याएका छन । नेपाल सरकारको नितिअनुसार कुनै पनि बिकास निमार्णको स्थानमा आयोजनाको विस्तृत बिवरणसहितको  होडिङ् बोर्ड उपभोक्ता समिति र आयोजना प्रमुखले राख्ने निती भए पनि कनका सुन्दरी गाँउपालिकाका कर्मचारीहरुले आफै  होडिङ् बोर्ड खरीद गरी ल्याएका छन |

 होडिङ् बोर्ड अधिकारिक आयोजनाको काम सम्पन्न भई रकम गाँउपालिकाले भुक्तानि दिई सकेपछि ल्याएका छन । ल्याएको  होडिङ्  बोर्ड योजना स्थान नदिई अहिले सम्म कनका सुन्दरी गाँउपालिकामा रहेका छन ।  ५ हजारका दरले १सय ४० भन्दा बढी आयोजनाको ७ लाख भन्दा बढी रकमको  होडिङ् बोर्ड कर्मचारीले आफै खरीद गरेका छन । बोर्ड प्रत्येक आयोजनाबाट ५ हजारका दरले रकम पहिला नै कटाई रहेका र कुनै आयोजनालाई  होडिङ् बोड दिएका र अन्य कुनै आयोजनाको  होडिङ् बोड कार्यालयमा नै रहेका छन ।  होडिङ् बोड असारको अन्तिम साता ल्याएको आफ्नो खाने पानि आयोजनाको  होडिङ् बोड आफुले नपाएको ५ हजार रुपैया  होडिङ् बोडको कटाई सकेको ढयाम खानेपानि आयोजनाका एक सदस्यले बताएका छन । 

कनका सुन्दरी गाँउपालिकाको कार्यालय बिभिन्न प्रयोजनका लागी प्रयोग गर्ने  होडिङ् बोड अन्य छपाई गर्ने सामाग्रीहरु कुनै पनि सुचना बाहिर ननिकालि कागजी रुपमा मिलाएर आफ्नो नजिकको मान्छे बाट काम गर्ने गरेको कर्मचारीहरुको मनपरि हिसावले काम गर्ने गरेको नर्वदुर्गा आर्ट सेन्टर गोठीज्यूलाका  लालसिंह बुढाले बताएका छन । 

बुढाका अनुसार वडा नम्बर ३ को आयोजनाका  होडिङ् बोड आफुलाई लेख्न गलाएर तयारी बनाएको थिए गाँउपालिका कर्मचारीले आफै बनाएर ल्याएको हुदा लेखेको बोड नलिएको समेत बताएका छन ।

 गर्त बषहरुमा उपभोक्ता समिति,र आयोजना सन्चालन समितिले  होडिङ् बाट नराखेको हुदा आलेप र मलेपले बेरुजि निकालेको हुदा यो बर्ष कर्मचारीले आफै बनाएर होडिङ् बोड ल्याएका निमित्त कनका सुन्दरीगाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत शाहीले बताएका छन । 

 आ.व ०७५।०७६को आयोजना सम्पन्न भई सकेका छन | आयोजनाका होडिङ् बोड गाँउपालिकाको कायालय भित्र थन्केई राखेका छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!