आइपिएस तालिममा नेपाल प्रहरी उत्कृष्ट, 'सोर्ड अफ अनर' उपाधि प्राप्त

Posted on: 29 Aug, 2019

भदौ १२, काठमाडौँ | आइपिएस (इन्डियन पुलिस सर्भिस)  तालिममा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका छन्। भारतको हैदरावाद स्थित सरदार बल्लभभाइ पटेल नेशनल पुलिस एकेडेमीमा भएको १३ महिने लामो तालिममा आउट डोर विधामा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट भएका हुन।

सो तालिममा प्रहरी निरीक्षक खड्कासहित ५ जना सहभागी भएका थिए।  खड्कासहित प्रहरी निरीक्षक बोधराज रेग्मी, उमेश गुरुङ श्रेष्ठ, अमरबहादुर माझी र अनु लामा तालिममा सहभागी भएका थिए। भुटान, माल्दिभ्स, भारत र नेपाल गरी तालिममा १ सय ३ जना सहभागी भएका थिए।

यस्तै तालिममा यसअघि नेपाल प्रहरीका प्रहरी निरीक्षक रद्यु सिंह विष्ट र राजेशराज पुरी उत्कृष्ट भएका थिए। उत्कृष्ट भएका खड्कालाई भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सोर्ड अफ अनरद्धारा सम्मानित गरेका थिए।

तालिममा अपराध अनुसन्धान, साइबर क्राइम र साइबर सेक्युरिटी, ल एण्ड अर्डर कायम गर्ने लगायतका विषयमा सुरक्षा विज्ञहरुले तालिम दिएका थिए ।उत्कृष्ट हुने खड्का २०७२ सालका ब्याजी हुन। तालिममा अवसर हुने मौका पाएकोमा खुसी ब्यक्त गर्दै प्रहरी निरीक्षक खड्काले धेरै कुरा सिक्ने अवसर पाएको बताए।  आफू उत्कृष्ट भएर संगठनको नामसमेत राख्न पाएको उनी खुसी भए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!