कलंकीमा १७ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार

Posted on: 29 Aug, 2019

भदौ १२, काठमाडौं । काठमाडौँको कलंकीमा सामुहिक बलात्कारमा संलग्न भएको आरोपमा धादिङको गजुरी-१ का २३ वर्षीय रविन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेका थिए । मगर भने पक्राउ परेका छैनन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार कलंकीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर उनीहरुले बलात्कार गरेको उजुरी परेको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!