बाग्लुंगकि एक बृद्धा महिलाको शव चार दिनपछि बडीगाड छेउमा भेटियो

Posted on: 29 Aug, 2019

भदौ १२, बुर्तिबाङ | बगुलंगको निसीखोला गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ६७ की हरिकला बुढाको शब चार दिनपछि वडीगाड नदीको किनारमा फेला परेको छ । प्रहरीले खोजी गर्ने क्रममा बुधबार बुढाको शव गुल्मीको मुसीकोट नगरपालिका वडा नं.१ बगाह नजिकै खोलाको छेउमा फेला पारेको थियो । 

 उनी गत भदौ ८ गते दिदीलाई भेट्न भनी घरबाट निस्किएकी थिइन् । सोही दिन  उनी बेलुकी करिब साढे ५ बजे ढोरपाटन नगरपालिका वडा नं. २ पाखुते नजिकै केहीबेर बसेर आराम गरेपछि एक्कासी खोलाछेउँबाट हेलिएर खोलामा बग्दै गरेको अवस्थामा बालुवा निकाल्दै गरेका कामदारहरुले प्रत्यक्ष देखेपछि स्थानीयबासी र प्रहरीलाई खबर गरेका थिए । उनको मानसिक सन्तुलन समेत ठिक नभएको पारिवारिक स्रोतले जनाएको छ । बुढाको शवलाई पोष्टमार्टम गरेपछि परिवारलाई बुझाइने ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । 

यसैबिच खोला तर्ने क्रममा खोलाले बगाएर मुसिकोट नगरपालिका १ बगाहाका ३५ बर्षिय कर्ण बहादुर जि.सीको मृत्यु भएको छ । उनी बाग्लुङ्गको बडिगाड गाउपालिका ५, जोगिबगरमा मृत फेला परेका हुन । उनी बिहान करिव ११ बजे काम बिशेषले बडिगाड गाउपालिका ५, एक्ले खेतबाट कालिरह भन्ने स्थानमा आएका थिए । घर जाने क्रममा  क्रममा तरेरै पारी जान्छु भन्दै बडिगाड खोला तर्न लाग्दा उनलाई खोलाले बगाएको प्रतक्षदर्शी लाल बहादुर नेपालीले बताएका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!