आज सुनचाँदीको मूल्य बढ्यो हेर्नुहोस

Posted on: 29 Aug, 2019

भदौ १२, काठमाडौं | नेपाली बजारमा आज बिहिबार सुनको मूल्य बढेको छ | आज छापावाल सुनको प्रतितोला ७३ हजार ४ सय रहेको छ भने, तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार १ सय कायम रहेको छ | 

बुधबार ७२ हजार ६ सयमा कारोबार भएको सुन आज ८ सय बढेको हो | त्यस्तै बिहिबार चाँदीको मूल्य पनि बढेको छ | आज बिहिबार प्रतितोला ८ सय ९५ रुपैयामा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ |

बुधबार प्रतितोला  चाँदीको मूल्य ८८० थियो भने आज त्यसमा १५ रुपैयाँ बढेको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!