पाटन नगरपालिका ९ नम्बर वडाका जनप्रतिनिधि प्रत्येक हप्ता सर्बसाधारणको घरमा बास बस्ने

Posted on: 29 Aug, 2019

कृष्ण बिष्ट | भदौ १३, बैतडी | बैतडीको पाटन नगरपालिका वडा नं ९ ले “नागरिकसँग जनप्रतिनिधि भेटघाट बहस तथा समिक्षा कार्यक्रम” सुरु गरेको छ । वडा मार्फत दुइ आर्थीक वर्ष सम्पन्न भइसक्दा भएगरेका बिकास निर्माणको बारेमा छलफल तथा बहस गर्नको भेटघाट मुलक कार्यक्रम  सुरु गरेको हो ।  

बिहिबार बसेको आर्थिक वर्ष २०७६-७७ को  तेस्रो  बैठकले वडाबासिको माग र आवस्यकताका आधार कार्यसम्पादन भए नभएनको जानकारी लिने गरि साप्ताहिक रुपमा  समिक्षा तथा बहस कार्यक्रम लागु गरिएको वडा अध्यक्ष लोक बहादुर भण्डारीले जानकारी दिनुभयो । 


उहाँका अनुसार प्रत्येक हप्ता वडा पालिका समितीका पदाधिकारी (वडा अध्यक्ष एवम सदस्यहरु) सर्बसाधारणको घरमा बास बस्ने छन । यस वडाबासिको आर्थीक, समाजिक तथा भौतिक समस्याको बारेमा जनकारी प्राप्त गरि समृद्ध वडा बनाउन आवस्यक कार्यक्रमको बारेमा अग्रसर हुन मदत पुग्ने जनाइएको छ ।   

यस कार्यक्रमले  जनताका आवस्यक सुझाव सल्लाह प्रप्त हुनुका साथै, जनप्रतिनिधिहरुलाई पनि सोहि अनुसार कार्यसम्पादन गर्न सहज हुने श्विास गरिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!